साताको अन्तिम दिन पनि घट्यो सेयरबजार

काठमाडौँ । आज पनि सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन आज बजार कारोबार मापक सूचक शून्य दशमलव ६२ अंकले ओरालो लागेको हो । अघिल्लो दिन पनि सेयरबजार घटेको थियो । आज सूचक १२४८.५३ अंकमा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि शून्य दशमलव शून्य एक अंकले ओर्लिएको नेप्सेले जनाएको छ । आज कुल १ सय ७२ कम्पनीको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा आज बिक्री सेयर संख्या पनि घटेको छ । आज १६ लाख ५४ हजार कित्ता सेयर बिक्री भएको छ ।

दिनभरिमा भएको सेयर किनबेचबाट ४६ करोडको मात्रै कारोबार भएको छ । आज वाणिज्य बैंक र ऊर्जा समूहको सूचक बढे पनि होटल, विकास बैंक, फाइनान्स, जीवन तथा निर्जीवन बीमा, उत्पादन, अन्य म्युचुअल फन्ड, माइक्रोफाइनान्स, फाइनान्स समूहको कारोबार सूचक घटेको छ ।

आज सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको ५ करोड २९ लाखको सेयर प्रतिकित्ता ३ सय ३७ रुपैयाँमा कारोबार भएको छ । यो नै सबैभन्दा धेरै रकमको कारोबार हो । त्यसपछि शिवम् सिमेन्टको ३ करोड २० लाखको, सिभिल बैंकको १ करोड ७७ लाखको, एनआईसी एसिया बैंकको १ करोड ७४ लाखको, एनसीसी बैंकको १ करोड ४६ लाखको, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ४५ लाखको सेयर कारोबार भएको छ । आज धेरै कारोबार हुने उच्च कम्पनीहरुको करोडभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको सेयर कारोबारमा धेरै कमाउने कम्पनीमा नाडेप लघुवित्त वित्तीय संस्था अगाडि छ । कम्पनीका सेयरधनीले ४.७३ प्रतिशतले प्रतिकित्ता लाभ उठाएका छन् । त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, घलेम्दी हाइड्रो, आईएमई जनरल इन्स्योरेन्स, गुराँस लघुवित्त वित्तीय संस्थालगायतका कम्पनीका सेयर लगानीकर्ताले कमाएका छन् ।

त्यस्तै आज गुमाउने कम्पनीमा भने मल्टिपर्पोस फाइनान्स कम्पनी लिमिटेड अगाडि छ । कम्पनीका लगानीकर्ताले ५.६७ प्रतिशत प्रतिकित्ता गुमाएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले प्रतिकित्ता ५.११ प्रतिशत अर्थात् ३५ रुपैयाँ गुमाउँदा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १८ रुपैयाँ गुमाएका छन् । त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले आज ३.८० प्रतिशत प्रतिकित्ता घाटा व्यहोरेको नेप्सेले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...