फेरि थपिए ५ संक्रमित, नेपालमा पुग्यो २५० संक्रमित

Corona update

काठमाडौं । फेरि नेपालमा ५ जना कोरोना संक्रमितको संख्या थपिएको छ । योसँगै नेपालमा कारोना संक्रमितको संख्या २५० पुगेको छ । बिहानै मात्र काठमाडौं र कपिलवस्तुमा २ जना कोरोना संक्रमति थपिएका थिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले सर्लाही, धनुषा र महोत्तरीमा ५ जना थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकुमा गरिएको परीक्षणमा सर्लाही धनकौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीया महिला तथा महोत्तरी जलेश्वर र बलवा नगपालिकाका १६ र ३५ वर्षका पुरुषमा सङ्क्रमण पुुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...