स्काउटले बनायो भक्तपुर अस्पतालमा रंगको दुरी

Vaktapur news 1

भक्तपुर । भक्तपुरमा कोरोना भाइरका संक्रमित बढ्न थालेपछि नेपाल स्काउट भक्तपुरले भक्तपुर अस्पताल दूधपाटीमा समाजिक दुरी कायमलाई व्यवस्थित रंगले रेखा कोरेका छन् ।

नेपाल स्काउट जिल्ला स्काउट कार्यालय भक्तपुरका माष्टरहरुले सामाजिक दुरी अनुसारको दुरी कायम गरी रंगको लाइन तथा कोठा कोठा बनाएका हुन् । उनीहरुले अस्पताल आसपास राखिएका मेचहरुमा पनि सामाजिक दुरी कायम गरी वस्न सहयोग गर्न दुरी कायम गरी रेखा कोरेका छन् ।

नेपाल स्काउट जिल्ला स्काउट कार्यालय भक्तपुरका आयुक्त रामगोपाल कर्माचार्यले सम्भावित संक्रमणबाट जोगाउन सहयोग गर्ने उद्देश्यका साथ रंगको रेखा बनाइएको बताए ।

भक्तपुर अस्पताल भक्तपुरकै कोरोना उपचार हुने मुख्य केन्द्रिय अस्पताल हो । नेपाल सरकारले भक्तपुर अस्पतालाई भक्तपुरकै उपचारको मुख्य केन्द्रिय अस्पताल घोषणा गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...