बस दुर्घटना हुँदा १३ जनाको मृत्यु ३४ जना घाइते

बस दुर्घटना हुँदा १३ जनाको मृत्यु ३४ जना घाइते

इस्लामाबाद । पाकिस्तानको राजधानी इस्लामावाद नजिक बिहीबार बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् । इस्लामावादबाट झण्डै ४५ किलोमीटरको दूरीमा पर्ने हसन अब्दलनजिकै तीव्र गतिमा गुडिरहेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेको बस स्वात सहरबाट लाहौरतर्फ जाँदै गरेको थियो । दुर्घटनामा परी घाइते भएका यात्रुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । पाकिस्तानमा अप्रशिक्षित चालक, खराब सडकका कारण सडक दुर्घटनाहरु हुँदै आएका छन् । 


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवा आयोगको अत्यन्त जरुरी सुचना

काठमाडौँ । लोक सेवा आयोगले सुचना जारी गर्दै लिखित परिक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरे...