दार्चुलाको व्याँसमा बोर्डर अब्जर्भेसन पोस्ट स्थापना

Bopdar chulaaa

काठमाडौं । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ । जनआक्रोस बढेसँगै सरकारले दाचूलाको व्याँसमा बोर्डर अब्जर्भेसन पोस्ट (विओपी) स्थापना गरेको छ ।

सशस्त्र प्रहरी मुख्यालयले दार्चुलाको ब्यास गाउँपालिका –१ थाङरुमा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाको नेतृत्वमा बुधबार बीओपी स्थापना गरिएको हो ।

भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो । नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत थापासहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतको टोली दार्चुला पुगेको थियो ।

बीओपीमा २५ जनाको जनशक्ति राखिएको छ । बुधबार नै खलंगाबाट नेपाल प्रहरीको ८ जनाको टोली पनि सितापुलमा चौकी स्थापना गर्न लगिएको छ । चिसोका कारण सितापुलमा रहेको प्रहरी टोली खलंगा झरेको थियो ।

विवादित कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गर्दैछन् । यही ठाउँमा नेपाल प्रहरीको चौकी पनि छ । यद्यपि, बाह्रै महिना सुरक्षाकर्मीको उपस्थिति भने यहाँ हुने गरेको छैन ।

छाङ्रुमा भाडाको घरमा बीओपी स्थापना गरिएको हो । चाँडै सशस्त्र प्रहरीले अस्पतालसहितको भौतिक संरचना बनाउन थाल्ने पनि जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...