सरकारले अपरान्ह ४ बजे बोलायो सर्वदलीय बैठक

All party meeting baluwatar

काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमण उच्च दरमा वृद्धि भएपछि सरकारले कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ ।

सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । सर्वदलीय बैठकमा आएका सुझावका आधारमा सरकारले नयाँ योजना बनाउने बताइएको छ ।

अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...