आज पनि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने

Mausm news

काठमाडौं । पूर्वी र पश्चिमी भू–भागका केही स्थानहरु र मध्य भू–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आज दिउँसो देशको अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । राती देशको पुर्वी र मध्य भू–भाग तथा पश्चिमी पहाडी भू–भागमा सामान्य बदली र बांकी भू–भागमा आंशिक बदली रहने छ ।

अहिले देशभर पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको मध्य भू–भाग तथा पश्चिम र पूर्वको पहाडी भू–भागमा सामान्य बदली र बांकी भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...