दोलखाको जुगु केन्द्र विन्दु बनाएर गयो ५ दशमलब ३ रेक्टर स्केलको भूकम्प

Vukamp logo

काठमाडौं । मध्यराती दोलखाको जुगु केन्द्र विन्दु बनाएर भुकम्प गएको छ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

राती ११ बजेर ५४ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको जुगु केन्द्रविन्दु रहेको ५ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, धनकुटा, रामेछाप, काभ्रे, काठमाडौं उपत्यका, ओखलढुंगा लगायतका क्षेत्रका नागरिकले पनि महसुस गरेका छन् ।

अहिलेसम्म भूकम्पको क्षतिको कुनै विवरण नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...