बिहेको खुसियालीमा गोली चलाउँदा दुलाहाको मृत्यु, भाई अवस्था गम्भिर

बिहेको खुसियालीमा गोली चलाउँदा दुलाहाको मृत्यु, भाई अवस्था गम्भिर

काठमाडौं । बिहेको खुसियालीमा गोली चलाउँदा दुलाहाको मृत्यु भएको छ । दुलाहाका साथीले तीन गोली हान्दा दुलाहाका भाई गम्भिर घाइते भएका छन् ।  भारतको पटनामा दुलाहा सत्येन्द्र कुमारले दुलही भुलेतान राईसँग माला साटासाट गरेको केही मिनेटपछि गोलीकाण्ड भएको थियो । माला साटसाटको रमाईलोमा गोली चलाउँदा सो घटना भएको भारतीय संञ्चार माध्यामले जनाएका छन् ।  

विवाहको रमाइलो क्षण अचानक शोकमा परिणत हुन पुगेको थियो । दुलाहालाई तत्कालै अस्पताल लगिएको भए पनि उनको भोलिपल्ट बिहान मृत्यु भयो । गोली हान्ने व्यक्तिको पहिचान खुलाइएको छैन । उनले राति ११ बजेतिर हावामा गोली हानेका थिए । तर उनले ब्यारलमा अड्किएको गोली सफा पार्न खोज्दा गलत निशानामा गोली परेको थियो । एउटा गोली दुलाहालाई लाग्यो भने अर्कोले उनका भाइ गुड्डु कुमारलाई गम्भीर घाइते बनायो । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।  बिहार प्रहरीले हालै उत्सव मनाउँदा बन्दूक पड्काउन प्रतिबन्ध लगाएको छ किनकि हावामा गोली हान्दा पनि मानिसहरू मर्ने वा घाइते हुने धेरै घटना भएका थिए । प्रतिष्ठा, पैसा र बाहुबल देखाउनका लागि बिहे जस्ता समारोहमा बन्दूक पड्काइने गरेका छन् ।


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवा आयोगको अत्यन्त जरुरी सुचना

काठमाडौँ । लोक सेवा आयोगले सुचना जारी गर्दै लिखित परिक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरे...