नेपालमा पहिलोपटक देखियो स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

Helth corona news

कपिलवस्तु । तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो । बाँकी ८ जनाको रिर्पोट नेगेटिभ छ ।

कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा तौलिहवा अस्पतालकी स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएको हो ।

संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा नबसी आफ्नै घरमा जाने गरेकी थिइन् । उनी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन् । संक्रमित स्वास्थ्यकर्मीसहित अरुको स्वाब संकलन गरिए पनि उनीहरुलाई क्वारेन्टाइन राखिएको थिएन ।

मंगलबार संक्रमण पुष्टि भएका ८ जनासहित कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । संक्रमित स्वास्थ्यकर्मीसहित ७ जनालाई मंगलबार नै बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ ।

तौलिहवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएपछि अहिले जिल्लाभरका स्वास्थ्यकर्मी त्रसित बनेका छन् । संक्रमण देखिएका ५ वटा स्थानीय तहका फिल्डमा खटिने सबै स्वास्थ्यकर्मीको स्वाब जाँच गर्न स्वास्थ्यकर्मीहरुले माग गरेका छन् ।

जिल्ला स्वास्थ्य प्रमुख योगेन्द्र भगतका अनुसार अहिले जिल्लाभरि ६१४ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

समुदायस्तरमा कोरोना संक्रमण बढेसँगै जिल्लाका १० वटै स्थानीय तहले क्वारेन्टाइन निर्माण गरी स्वास्थ्यकर्मी परिचालन गरिरहेका छन् ।

स्थानीय तहले क्वारेन्टाइन जाँच, स्वाब संकलन, संक्रमित ओसार–पसार, बिरामी जाँच र औषधी उपचारमा आवश्यक पर्ने सुरक्षा उपकरण, पीपीई सेट लगायतका स्वास्थ्य सामग्री उप्लब्ध नगराउँदा आफूहरु जोखिममा रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

सुरक्षा सामग्रीका लागि स्रोत अभाव हुनुका साथै शंकास्पद व्यक्तिलाई क्वारेन्टाइन नराखी घर पठाएकै कारण कपिलवस्तुमा दोस्रो चरणमा कोरोना प्रवेश गरेको स्थानीयको ठम्याइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...