सीमा अतिक्रमणको विरोध गर्दा संविधानसभा सदस्य पुनसहित जनमोर्चाका ३ दर्जन पक्राउ

Rajamo pradarsan

काठमाडौं । भारतले लिपुलेकमा सडक निर्माण गरी नेपालको सार्वभौमिकतामाथि आँच पुर्याएको विरुद्ध गरिएको प्रदर्शनका क्रममा राष्ट्रिय जनमोर्चाका तीन दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु गिरफ्तार भएका छन् ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका कपनस्थित राजमो केन्द्रीय कार्यालयबाट संविधानसभा सदस्य मीना पुन, नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीसहित ३७ जना नेता कार्यकता पक्राउ परेका छन् ।

भारतले नेपाली भुमी मिचेर सडक निर्माण गरेपछि चौतर्फी विरोध भइरहेको छ । त्यसैको विरोधमा राजमोले आज काठमाडौंका विभिन्न स्थानहरुमा विरोध प्रदर्शन गरिरहेको छ । प्रदर्शनका क्रममा राजमो केन्द्रीय कार्यालयबाट प्रहरीले राजमो नेता आनन्द शर्मा, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, राजमो नेता वासु पोख्रेल, नेकपा (मसाल) बागमती प्रदेशमा प्रवक्ता समीर सिंह, रक्तिम सांस्कृतिक अभियानका कोषाध्यक्ष विष्णु शर्मा, केन्द्रीय सल्लाहकार मधु क्षेत्री, राजमो कार्यकर्ता मदन पाण्डेलाई गिरफ्तार गरिएको थियो ।

कलंकी चोकबाट काठमाडौँकै कलंकीमा राजमोले सीमा अतिक्रमणका विरुद्ध जुलुस गर्दै गर्दा राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, राजमो काठमाडौंका अध्यक्ष झविन्द्र बेलबासे, राजमो काठमाडौंका नेताहरू अमर पौडेल र गुरुप्रसाद पौडेल पक्राउ परेका छन् ।

रत्नपार्कका पनि कार्यक्रम सुरु हुन लाग्दा प्रहरीले राजमोका नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ । प्रहरीले नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमोका केन्द्रीय सचिव हिमलाल पुरी, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी र महासचिव रामबहादुर बुढा, अखिल (छैठौं) का अध्यक्ष विमल पोख्रेल, अखिल नेपाल कानुन व्यवसायी संघका महासचिव लक्ष्मणदेव पाण्डे, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का धर्म सिमाली र नारायण आचार्य, महिला नेतृ मनु विक, विष्णु ओली, युवक संघका विकास भुसाल, मधु जिसी र हेमराज भुसाललाई पक्राउ गरेको छ ।

वनस्थलीमा पनि राजमो काठमाडौँको आयोजनामा जुलुस निकाल्दै गर्दा प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । यसरी गिरफ्तारीमा पनेहरूमा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, केन्द्रीय सदस्यहरू लक्ष्मी केसी र ऋतु केसी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अध्यक्ष लालबहादुर थापा, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष नारायण सापकोटा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार रमेश पौडेल, राजमो नेताहरू तुफान केसी, हिरा केसी, जीवन सेन, गायत्री केसी र विमला थापा छन् ।

गोंगबुमा भने प्रहरीको आँखा छल्दै बिजीमल अगाडि विरोधसभा सम्पन्न भएको छ । सभालाई नेकपा (मसाल) काठमाडौंका प्रवक्ता जगतप्रसाद रेग्मीले सम्बोधन गरेका थिए । सो विरोध सभामा कार्यक्रममा राजमो केन्द्रीय सदस्य घनश्याम न्यौपाने, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव भक्त विक, अखिल नेपाल राष्ट्रिय उद्योग–व्यापार संघका महासचिव आरबी फुयाँल, राजमो नेता विनोद फुयाँल, महिला नेतृ मञ्जु आचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...