प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमा भने, भारतको नियत ठीक भएन

Pm kp oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकमा भारतले सडक खनेको आफुलाई रिर्पोटिङ नै नभएको बताएका छन् ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सीमा समस्या समाधानका लागि सरकारले पटकपटक कुरा उठाउँदै आएको भए पनि भारतको नियत ठीक नभएको बताए ।

‘हिजो मात्र भारतका लागि नेपाली राजदूतले (महाराष्ट्रका गभर्नर) भगतसिंह कोसियारीसँग कुरा गर्नु भएको थियो । उहाँले नमिल्ने कुराकानी गर्नु भएछ’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

मानसरोवर जोड्ने सडकको उद्घाटन भएपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ । मन्त्रीहरुले फरकफरक कुरा आइरहेको भन्दै प्रधानमन्त्री ओलीले ज्ञवालीको ब्रिफिङपछि ओलीले सीमाबारे आफू खुसी जथाभाबी नबोल्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

ओलीले बैठकमा सीमा समस्या कूटनीतिक तवरबाट नै हल गर्ने विषय भएको बताएका छन् । काली नदी पूर्वको भूभाग नेपालको हो भन्नेमा प्रष्ट अडान रहेको र त्यसअनुसार भारतसँग वार्ता गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । उनले सीमा समस्याको कूटनीतिक समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...