भारतमा कोरोना भाइरस सङ्क्रमणको दर बढ्दो

 112238068 c712ac3e df94 4c76 b85d 5918e591ec0e

काठमाडौँ । भारतमा एकै दिन अहिलेसम्मको सर्वाधिक सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यहाँ सोमवार ४,२१३ जनामा कोभिड–१९ पुष्टि भएको थियो ।

भारत सरकारका अनुसार ‍देशभरि कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या ७०,००० नाघेको छ । तीमध्ये झन्डै २२,००० जना निको भएका छन् भने २,२९३ जनाको मृत्यु भएको छ । भारतमा अहिले ४६,००० मानिसमा कोरोनाभाइरसको सक्रिय सङ्क्रमण रहेको छ र तिनीहरू चिकित्सकको निगरानीमा रहेको भारतीय संचारमाध्यामले बताएका छन् ।

गत दुई दिनमा झन्डै ८,००० नयाँ सङ्क्रमित थपिएसँगै भारतमा सङ्क्रमणदरले तीव्रता लिएको देखिएको छ । अहिले भारतमा लागु गरिएको तेस्रो चरणको लकडाउनको मध्यबिन्दुमा छ । बढाइएको लकडाउनको अवधि मे १७ तारिखमसम्म छ ।

भारतको राजधानी दिल्लीमा गत २४ घण्टा कोरोनाभाइरस सङ्क्रमणको थप ४०६ विरामी देखा परेको दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले बताएका छन् । उनका अनुसार दिल्लीमा त्यही अवधिमा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतको राजधानीमा कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या ७,६३९ पुगेको र ८६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...