उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै, लकडाउन कडा पार्न प्रधानमन्त्रीको निर्देशन

Kp oli

काठमाडौं । नेपालमा आज एकै दिन ५७ जनामा कोरोना संक्रमण थपिएसँगै लकडाउन कडा पारिने भएको छ ।

कोभिड –१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा काठमाडौं उपत्यकामा लकडाउन खुकुलो पारिएको थियो ।

तर, लकडाउन खुकुलो भएपछि चौतर्फी आलोचना भइरहेका बेला लकडाउनलाई थप कडाई पार्ने तयारी भइरहेको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा लकडाउन कडा पार्न निर्देशन दिइसकेका छन् ।

उपत्या लगायतका केही क्षेत्रमा लकडाउन खुकुलो भएपछि आजै उच्चस्तरीय समितिको बैठक बस्ने तयारी छ । बैठकले उपत्यका लगायतका विभिन्न क्षेत्रमा लकडाउन कडा पार्ने बारेमा निर्णय गर्ने भएको छ ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौंको लकडाउन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था खोल्ने नाममा प्रभावकारी नभएको भन्दै असन्तुष्टि जनाएका थिए । उनले आर्थिक गतिविधि भन्दा मानिसको जीवन ठूलो हुने भएकाले लकडाउनमा कडाइ गर्न निर्देशन दिएका एक मन्त्रीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस