मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने

Weather nepal

काठमाडौं । आज पूर्वी तथा मध्य भू–भागका केही स्थानहरु र पश्चिमी भू–भागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ ।

अहिले देशभर पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिमी भु–भागमा सामान्य बदली रहि बाँकि भू–भागमा आंशिक बदली रहेको छ महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरुमा र तराईका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती देशको पुर्वी र मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागमा सामान्य बदली र बांकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...