नेविसंघले आज ७७ वटै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने

Nebisang rake julus

काठमाडौं । नेपाल विद्यार्थी संघले मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ ।

लिपुलेकमा भारतद्वारा सडक निर्माण, नेविसंघ प्रदर्शनका क्रममा भएको धरपकड र गिरफ्तारी र सन् २०१५ मा भारत–चीनबीच भएको सम्झौता खारेजीको माग राख्दै मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइने नेविसंघले जानकारी दिएको छ ।

भारतले नेपाली भुमी अतिक्रमण गरी सडक बनाएको विरोधमा नेपाल विद्यार्थी संघले काठमाडौंमा मशाल जुलुस निकालेको छ । भारतले लिपुलेक क्षेत्रमा नेपाली भूमिमा सडक बनाएको विरोधमा नेपाल विद्यार्थी संघले काठमाडौंमा राँके जुलुस निकालेको हो । विरोध प्रदर्शनमा केही दर्जन नेविसंघ कार्यकर्ता र केही कांग्रेस कार्यकर्ता पनि सम्मिलित थिए ।

नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस तारकेश्वर नगरपालिका ४ ले सोमबार साँझ लोलाङदेखि बाइपाससम्म मसाल जुलुस निकालेको नेविसंघ नेता सुशील भट्टले जानकारी दिए ।

सोमबार दिउँसो प्रदर्शनमा पक्राउ परेका नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितका नेता कार्यकर्ताको रिहाईको मागमा जुलुस निकालेको उनले बताए । पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै उनीहरुले मसाल जुलुस निकालेका थिए ।

लिपुलेकलगायतका नेपाली भूमिमा भारतले गरेको अतिक्रमणको विरोधका क्रममा नेविसंघका १०० जना नेता तथा कार्यकर्तालाई सोमबार दिउँसो नियन्त्रणमा लिएको थियो । उनीहरुलाई सोमबार राति ८ बजे रिहा गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...