इलामको नासालिङमा आगलागी हुँदा २ घर पूर्णरुपमा नष्ट

Ilam aaglagi

इलाम । इलामको माइजोगमाई गाउँपालिकास्थित नामसालिङको शुक्रबारे बजारमा भीषण आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् ।

सोमबार राती पौने ९ बजेतिर मान्छे नभएको ठूलो घरबाट आगलागी सुरु भएको थियो । सो आगलागीबाट स्थानीय बेद गर्त र छत्रकुमारी लावर (दर्जी) को घर जलेर पूर्णरुपमा नष्ट भएको स्थानीय सन्देश प्रधानले बताए ।

उनका अनुसार आगलागी सुरु भएलगत्तै स्थानीय र प्रहरीले आगो नियन्त्रणको प्रयास थालेका कारण ठूलो क्षति भने हुन पाएन । बजारको बीचमा रहेका अन्य घर जोगाउन अर्काे घर आधा भत्काएका कारण अन्य घरमा लागलागीबाट जोगिएको छ ।

यो समाचार तयार पर्दासम्म आगलागी पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन । तर, थप आगलागी हुने सम्भवना न्युन रहेको प्रधानले बताए । आगो नियन्त्रणकै प्रयासमा रहेकाले क्षतिको विवरण भने आइसकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...