आशा विकले भनिन्, सनातनी धर्मको नाममा दलितमाथि विभेद गर्ने सांसद थापामाथि कारवाहीको होस् (भिडियोसहित)

Aasha kumari bk

काठमाडौं । गण्डकी प्रदेशका सांसद कृष्णबहादुर थापाले सिंगो दलित समुदायमाथि अपमान हुनेगरी विज्ञप्ती निकालेपछि देशभरका दलित समुदाय उनको विरोधमा उत्रिएका छन् ।

यतिमात्रै होइन, गण्डकी प्रदेशका सांसद थापाले पदीय मर्यादा भुल्दै अपमान गरेकाले कडाभन्दा कडा कारवाही हुनुपर्ने चर्को आवाज उठिरहेका बेला प्रतिनिधिसभामै सांसद थापालाई कारवाही हुनुपर्ने आवाज उठेको छ ।

सत्तारुढ दल नेकपाका जिल्ला अध्यक्षसमेत रहेका कारण चौतर्फी विरोध हुँदा पनि सरकारले उनलाई कारवाही गर्न सकेको छैन । उनी नेकपाभिको पनि ओली खेमाका हुन् । ओली खेमाका भएकै कारण उनलाई जोगाउन नेकपाका दलित नेताहरु नै सक्रिय भएका छन् । हालसम्म कास्कीमै दलितमाथि यति ठूलो अपमान हुँदासमेत सोही जिल्लाबाट मन्त्री बनेका युवा तथा खेलकुद मन्त्रीले सांसद थापालाई कारवाही गर्न एक शब्द पनि बोलेका छैनन् ।

प्रतिनिभिसभाको बैठकमा प्रतिनिधिसभा सदस्य आशाकुमारी विश्वकर्माले सांसद थापाले पदीय मर्यादा विपरित कार्य गरेकाले कानुनअनुसार कारवाही गर्न माग गरेकी छन् । उनले सनातनी धर्मको नाममा दलितमाथि विभेद गरिएकाले सांसद थापालाई कानुनको दायरामा ल्याउन माग गरिन् ।

पोखरा महानगरपालिका वडा नं। १६ का मोहनकुमार सुनारले वैदेशिक रोजगारीको सिलसिलामा दुवईमा रहेका आफ्ना भाईको पार्थिव शरिर नेपाल ल्याउन नसकेपछि महानगरपालिकाकै लगानीमा निर्माण भएको सार्वजनिक भवनमा काजकिरिया गर्न खोजेका थिए ।

सार्वजनिक स्थलमै काजकिरिया गर्नबाट रोकिएपछि बैशाख १९ गते जनक थापा, देवबहादुर थापा र राम विसी समेतलाई विपक्षी बनाई जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्धा दर्ता गराएका थिए । प्रहरीले पिडकलाई पक्राउ गरेपछि सांसद थापाले जातीय सद्भाव भड्किने विज्ञप्ती निकाल्दै पक्राउ परेका आफ्ना कार्यकर्तालाई विना सर्त रिहा गर्न माग गरेका थिए ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...