भक्तपुरका सहायक प्रजिअको विदाई

S cdo bidai vaktapur

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघ भक्तपुरले जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेको विदाई गरेको छ ।

मंगलबार एक कार्यक्रम गरी सरकारी सेवाबाट सेवा निवृत्ति भएका सहायक प्रजिअ लामिछानेलाई जिल्लाका उद्यमी व्यवसायीको तर्फबाट विदाई गरेको हो ।

निवृत्त भएका सहायक प्रजिअ लामिछानेले भक्तपुरको आर्थिक सामाजिक विकासको क्षेत्रमा धेरै सम्भावना भएको जिल्ला भएको बताए । उनले जिल्लाको आर्थिक विकासका लागि यहांको व्यापार व्यवसायमा आधुनिकिरण गरिनु आवश्यक रहेको बताए ।

संघका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले जिल्ला प्रशासन र उद्योग वाणिज्य संघ बीचको सम्बन्धलाई मजबुत बनाउनमा सहायक प्रमुख जिल्ला अधिकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष रामप्रसाद प्रजापति, उपाध्यक्षहरु महेशबहादुर धौबन्जार, रोशन भोयद्यो र कृष्णमुरारी न्यौपानेले सहायक प्रमुख जिल्ला अधिकारीको योगदानका विषयमा चर्चा गरे ।

संघका सल्लाहकारहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थितिमा गरिएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीलाई फूलको गुच्छा, मफलर र माया चिनोसहित विदाई गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...