सप्तरीमा भेटियो कोराना संक्रमित, नेपालमा संक्रमितको संख्या १२१ पुग्यो

Corona update

काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमित भेटिएका छन् । सप्तरीका थप १ जना युवामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १ सय २१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ घर भएका १८ वर्षीय युवामा कोरोना संक्रमण देखिएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको स्वाब परीक्षणका क्रममा सप्तरीका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका कपिलवस्तुका १० जनामध्ये ८ जना एउटै वडाका रहेको खुलेको छ । सोमबार संक्रमण पुष्टि भएका ८ जना यशोधरा गाउँपालिका वडा नम्बर ५ का रहेका छन् । २० देखि ३४ वर्ष उमेर समूहका उनीहरु अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइनमा बसेका थिए ।

शनिबार संकलन गरिएकामध्ये ९९ जनाको स्वाब परीक्षण गर्दा १० जना संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले बताए । अझै १ सय ९१ जनाको रिपोर्ट आउन बाँकी छ ।

संक्रमित दशै जना भारतका विभिन्न ठाउँबाट घर फर्केका हुन् । उनीहरु रोजगारीका लागि भारत गएका थिए । यसअघि भारतबाटै फर्किएका मायादेवी गाउँपालिकाका ४ जना र शुद्धोधन गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...