भारतीय हस्तक्षेपको विरोध गर्दै प्रदर्शन, केही प्रदर्शनकारी पक्राउ

Baneshwor pradarsan

काठमाडौं । लकडाउनको सयममा पनि काठमाडौंमा दिनहुँ प्रदर्शन भइरहेका छन् । आइतबार भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा आइतबार पनि ठाउँठाउँमा विरोध प्रदर्शन भइरहेको छ ।

यसअघि शुक्रबार चिनियाँ नागरिकले आफ्नो देश फर्किन पाउँ भन्दै आन्दोलन प्रारम्भ गरेका थिए भने शनिबार भारतले एकलौटी तरिकाले नेपालको भुभाग मिचेर चीनको मानसरोवरसम्म जोड्ने सडक निर्माण गरेपछि युवा विद्यार्थी सहडका उत्रिएका थिए ।

लकडाउनका बीच नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि पुगेर मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी लगायतका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरे । संसद् भवनको दुई नम्बर गेट अगाडि प्रदर्शन गरिरहेका १० जनालाई नियन्त्रणमा लिइएको छ ।

शुक्रबार भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने बाटोको उद्घाटन गरेसँग सडकदेखि सदनसम्मै त्यसको विरोध भइरहेको छ ।

प्रतिकृया दिनुहोस