भारतले नेपाललाई भन्यो : हाम्रै भुमीबाट सडक बनायौं, नेपालको होइन

India sima news 27

काठमाडौं । भारतले नेपाली भूमी मिचेर सडक निर्माण गरेपछि नेपालमा चर्काे विरोध भइरहेको छ । सरकार र सम्पूर्ण नेपालीले भारतको सो कार्य निन्दनीय भनिरहेका बेला भारतले आफ्नै भुमीमा सडक निर्माण गरिएको दावी गरेका छ ।

भारतले नेपाली भुमिबाट मानसरोवरसम्म जोड्ने सडक निर्माण गरेर उदघाटन गरेपछि परराष्ट्र मन्त्रालयले भारत सरकारले लिपुलेकस्थित नेपाली भूमि हुँदै तिब्बतसम्मको सडक खोलेकोमा नेपाल सरकारले चासो देखाएको थियो ।

मन्त्रालयले विज्ञप्ती निकालेर नेपाली भूमिमा कूनै पनि गतिविधि नगर्न भारत सरकारलाई सचेत गराएको थियो । त्यसको जवाफमा भारतले नेपालको भुमीबाट सडक नबनाएको, बरु पहिलेकै बाटो पच्छ्याएको दावी गरेको छ ।

उसले भारतीय भूमिमै सडक बनाएको दाबी गरेको छ । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो । तर, भारतीय विदेश मन्त्रालयले यो सडक भारतीय क्षेत्रमा नै बनेको दाबी गरेको छ ।

भारतीय विदेश मन्त्रालयले शनिबार साँझ जारी गरेको वक्तव्य भनेको छ, ‘यो सडकले कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याइएको छ ।’

नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै उसले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ । दुबै देश कोरोना महामारीपछि परराष्ट्र सचिवस्तरीय वार्ताको मिति तय गर्न प्रयासरत रहेको समेत भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो । यसको नेपालमा विरोध भइरहेको छ ।

भारतले नेपाली भुमीमा एकलौटी तरिकाले सडक निर्माण गरेपछि शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । विराटनगरमा पनि प्रदर्शन गरिएको छ भने अधिकांस राजनीति दल, सामाजिक संघ संस्था र नागरिक समाजले भारतको आलोचना गर्दै विरोध जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...