ग्लोवल फोरमले बौद्धमा बाढ्यो खाद्यन्न सामाग्री

Globle foram news

काठमाडौं । जाती भेद विरुद्ध विश्व मञ्च (ग्लोवल फोरम) ले जारी लकडाउनका कारण समस्या झेलिरहेका काठमाडौंको बौद्ध आसपासमा राहत सामाग्री वितरण गरेको छ ।

ग्लोवल फोरमले लकडाउनका कारण दैनिक गुजारा चलाउनै समस्यामा परेका काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धमा रहेका मजदुर र डेरामा बस्ने २५ परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।

अधिकांश स–साना बालबच्चाहरुसमेत रहेको सो परिवारहरुलाई कसैले राहत उपलव्ध नगर्दा समस्या परेको गुनासोको आधारमा ग्लोबल फोरम नेपाल समन्वय समितिका सदस्य तथा दलित समुदायबाट पहिलोपटक सगरमाथा आरोहण गर्न सफल विजय घिमिरे विश्वकर्माको समन्वयमा २५ घर परिवारलाई प्रति परिवार १० केजी चामल, १ लिटर तेल, २ केजी दाल, १ केजी नुन लगायतका खाद्यन्न सामाग्री वितरण गरिएको हो ।

उनीहरुलाई खाद्यन्न वितरण कार्यक्रममा ग्लोबल फोरमका अध्यक्ष तीर्थ विश्वकर्मा, काठमाडौं महानगरपालिका वडा न.. ६ जनप्रतिनिधि रामहरी पुडासैनी, ग्लोवल फोरम नेपाल समन्वय समितिका संयोजक मोहन बिश्वकर्मा, सदस्यहरु विजय घिमिरे विश्वकर्मा, जयराम कालीराजको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस