प्यूठानमा २ जनामा आरडीटी पोजेटिभ, पीसीआरका लागि भैरहवा पठाईदैँ

Corona test kit

प्यूठान । आरडीटी परीक्षण गर्दा प्यूठानमा दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

२१ र ४३ वर्षका ती पुरुषहरुलाई १५ दिनअघि प्यूठान नगरपालिका –२ स्थित सिदार्थ हलको क्वारेन्टाइनमा राखिएको थियो । दुबै जना बैशाख १३ गते काठमाडौं र म्याग्दीबाट घर फर्केका थिए ।

शनिबार आरडिटी परीक्षणमा पोजेटिभ नतिजा आएपछि उनीहरुको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुवेदीले बताए ।

थप जाँचका लागि स्वाव संकलन गरेर पीसीआर गरेपछि मात्र कोरोना संक्रमण भए नभएको पुष्टी हुन्छ । क्वारेन्टाइनमा बसेका उनीहरुलाई पन्ध्रौ दिनमा आरडीटी गरेर घर पठाउन लागिएको बेला रिर्पोट पोजेटिभ देखिएको थियो । उनीहरुलाई पुनः क्वारेन्टाइनमै राखिएको छ । उनीहरु प्युठान नगरपालिका वडा नंवर १ र २ का बासिन्दा हुन् ।

प्रतिकृया दिनुहोस