सासुको आँखा छलेर परपुरुषसँग यौन सम्पर्क गर्दा सासु परिन् बुहारीको फन्दामा

सासुको आँखा छलेर परपुरुषसँग यौन सम्पर्क गर्दा सासु परिन् बुहारीको फन्दामा

वीरगन्ज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारीकी ५५ वर्षीय राजपति देवी महरामाथि केही समयअघि धारिलो हतियार प्रहार भयो । उनलाई आफ्नै बुहारी इन्दुदवेवी महराले गडाँसी (कुटी काट्ने धारिलो हतियार) प्रहार गरेकी थिइन् । 

उनले सासु ससुराको आँखा छल्दै परपुरुषसँग अवैध सम्बन्ध राखेको कुरा सासुले थाहा पाएपछि सासुमाथी आक्रमण इन्दुदेवीले सासुलाई धारिलो हतियार प्रहार गरेकी हुन् ।

सुरुमा अपरिचित व्यक्तिले टाउकोमा धारिलो हतियार प्रहार गरेको कुरा सार्वजनिक भएको थियो । तर, पर्सा प्रहरीले घटनाको अनुसन्धान गर्दा घाइते राजपति देवीलाई उनकै ३० बर्षीय बुहारी इन्दुदेवी महराले प्रहार गरेको तथ्य खुलेको छ । शनिबार राती ३ बजे इन्दुदेवी महरालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 

इन्दुदेवीले पक्राउ परेपछि अभियोग स्वीकारेको प्रहरीले जनाएको छ । ‘परपुरुषसँगको अवैध सम्बन्ध लुकाउन यो घटना भएको रहेछ’ प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक शर्माले भने । उनीसँग स्थानीय सोनर पासवानको सम्बन्ध बाक्लिदै गएको र उनीहरु दुवैको सल्लाहमा यो घटना भएको हुनसक्ने स्थानीयको दावी छ । 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवा आयोगको अत्यन्त जरुरी सुचना

काठमाडौँ । लोक सेवा आयोगले सुचना जारी गर्दै लिखित परिक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरे...