खुकुलो बन्दै लकडाउन : निर्माण सामाग्री बोक्ने सवारीलाई पास नचाहिने

यात्रुबाहक बस सञ्चालनमा अझैं रोक, आवातजावतमा प्रतिवन्ध कायमै

Sadak 2

काठमाडौं । गत चैत ११ गतेदेखि जारी लकडाउनलाई सरकारले खुकुलो बनाउन थालेको छ । सरकारले केही अत्यावश्यक सेवाका लागि गुड्ने सवारी साधनलाई पास नचाहिने व्यवस्था गरेको छ भने बैं तथा वित्तिय संस्थाका सवारी साधनलाई निश्चित समयमा गुड्न दिने भएको छ ।

शुक्रबारदेखि नै उपत्यकामा गाडीको चाप थप बढेको छ । साना गाडी बढी गुडिरहेका छन् । यात्रुबाहक गाडी भने चलेका छैनन् । तर, उपत्यकाका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । आजदेखि बैंक तथा वित्तीय संस्थासमेत खुलेकाले त्यस्ता संस्थामा मानिसको अत्याधिक भीड देखिएको छ । लामो लाइन बसेर सेवा लिइरहेको पाइएको छ ।

सरकारले कृषि, रासायनिक मल, प्राङ्गारिक मल बोकेका ढुवानीका साधन, जनक शिक्षा सामग्री केन्द्रको सिफारिसमा शैक्षिक सामग्री बोकेका सवारी, विकास आयोजना सम्बन्धी, स्वास्थ्यसम्बन्धीका गाडी, भन्सारबाट जाँच पास भएर आएका मालबाहक सवारीलाई चल्न दिने निर्णय गरेको छ । यस्ता सबै सवारी चल्नका लागि आवश्यक स्वास्थ्य मापदण्ड भने अपनाउनुपर्ने हुन्छ ।

उपत्यकाका भित्रका सवारी साधनलाई व्यवस्थित गर्न शुक्रबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सहितको बैठकले उपत्यकामा चल्ने सवारीका विषयमा आवश्यक कार्ययोजनासहित सहजीकरण गर्ने निष्कर्ष निकालेको छ ।

सो निर्णयसँगै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको छ । उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध आवागमनलाई सहज बनाउन दिइने गरी निर्णय पनि भएको छ ।

लकडाउनलाई कायम राख्दै विकास निर्माण, उद्योग तथा कलकारखानाका लागि चाहिने सामग्री बोक्ने सवारीलाई सहज आवतजावत गर्न मिल्ने गरी व्यवस्थापन गर्ने निष्कर्ष सो बैठकले निकालेको छ । सरकारले विकास निर्माणका कामका लागि प्रयोग हुने इँटा, ढुङ्गा, रड, सिमेन्टलगायत बोकेका सवारीलाई पास नचाहिने व्यवस्था गरेसँगै उपत्यकाभित्र विकास निर्माणका सामाग्री बोकेका सवारी साधनहरु निर्वाध रुपमा चल्न थालेका छन् ।

केही दिन अघिदेखि नेपाल प्रहरीले उपत्यकामा दैनिक उपभोग्य र स्वास्थ्य उपचार सम्बन्धीका सवारीबाहेकका सवारी पास भए पनि प्रवेश निशेष गरेको थियो । अब भने विकास निर्माणसँग सम्बन्धित गाडी भने स्वास्थ्य मापदण्ड पूरा गरेर आउन पाउने छन् । त्यस्ता सवारीमा अन्य यात्रु बोक्न भने पाइने छैन ।

मान्छेको भिडभाड हुन नदिने र सरकारले तोकेका गतिविधि गर्न नदिने विषयमा भने थप कडाइ गर्ने निष्कर्षसमेत निकालिएको छ । विकास निर्माणसम्बन्धीका सामग्री बोकेका हेभी सवारी राति ८ः०० देखि बिहान ६ः०० बजेसम्म चल्न पाउने छन् ।

बैंक तथा वित्तीय संस्थाका गाडी बिहान ९ः०० देखि ११३० सम्म तथा बेलुका ३ः३० देखि ५ः०० बजेसम्म चल्न पाउने महानगरीय प्रहरी कार्यालयले जनाएको छ । सरकारले गरेको निर्णय र निर्देशन अनुसार विकास निर्माणका कामलाई सहजीकरण गर्दै अन्य गतिविधिलाई भने पूर्ण रोक्ने गरी प्रहरी परिचालन गरिएको छ ।

तर, सार्वजनिक स्थल, धार्मिक स्थलमा जमघट गर्न, खेलसम्बन्धी, होटल रेष्टुराँ, यात्रुबाहक बस सञ्चालन गर्न भने सरकारले रोकेको छ । यस्तै बालबालिका, वृद्धवृद्धा, असक्त मानिसको आवतजावतमा समेत रोक लगाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...