वर्षे अधिवेसन सुरु, बैठक कोरोना नियन्त्रणमा केन्द्रित हुने शीर्ष नेतृत्वको भनाई

Nepal parliament

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । शुक्रबार दिउँसो ४ बजे प्रतिनिधिसभा र राट्रियसभाको बैठक बसेको हो । कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरे पनि विशेष सावधानी अपनाएर संसद बैठक बसेको छ ।

बैठकको सुरुमा सभामुख अग्‍नि सापकोटाले शोक सन्देश सुनाएका थिए । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गरे ।

संसदमा कोरोना भाइरसको संक्रमण हुन नदिन सामाजिक दुरी कायम गरी बस्ने व्यवस्था गरिएको छ । बिहीबार मात्रै २ सय भन्दा धेरै सांसदसहित ४४० जनाको कोरोना परीक्षण गरिएको थियो ।

सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश पाउने व्यवस्था गरिएको छ । जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकार सबैलाई कोरोना संक्रमण भए/नभएको पक्का गरेर मात्रै संसद भवनमा प्रवेश दिइएको छ ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण सरकार दबाबमा छ। जेठ २ गते नीति तथा कार्यक्रममा छ । यही २८ र २९ गते प्रिबजेट छलफल हुँदैछ ।

जेठ १५ गते वजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि नीति तथा कार्यक्रम पारित र प्रिबजेट छलफल गर्नुपर्ने बाध्यताका कारण लकडाउनकै बीच संघीय संसदको अधिवेशन बोलाइएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...