पुरुषको वीर्यमा कोरोना भाईरस सक्रिय हुन सक्छ कि सक्दैन ? खुल्यो नयाँ रहस्य

Corona sex report 26

काठमाडौं । कोरोना भाईरस कसरी सर्छ भन्ने बारेमा तपाँई हामी सबै जानकार छौं । यस बारेमा श्रब्य दृष्य माध्यमहरुबाट पनि थुप्रै सन्देशहरु प्रवाह भैरहेका छन । तर कोरोना भाइरस सर्ने माध्यम यौन सम्पर्क हो कि हैन भन्ने विषयमा अहिलेसम्म कुनै खुलासा भएको थिएन । अर्थात अहिलेसम्म कोरोना भाईरस यौन सम्पर्कबाट सर्दैन भन्ने मान्यता स्थापित थियो । तर अब यो मान्यता पनि तोडिएको छ ।

चिनियाँ वैज्ञानिकहरुले कोरोना संक्रमितसंगको यौन सम्पर्कबाट पनि भाईरस सर्न सक्ने आशंका ब्यक्त गरेका छन । कोरोना संक्रमित पुरुषको वीर्यमा कोरोना भाईरस देखिएपछि वैज्ञानिकहरुले यस्तो आशंका ब्यक्त गरेका हुन । चीनको शांगक्यु म्युनिसिपल अस्पतालमा भर्ना भएका ३८ बर्षीय कोरोना संक्रमित पुरुषको वीर्य परीक्षण गर्दा कोरोना भाईरस भेटिएको थियो । यसपछि अन्य ६ जना कोरोना संक्रमित पुरुषहरुको वीर्य परीक्षण गर्दा पनि वीर्यमा कोरोना भाईरस देखिएको थियो ।

यो खवर अमेरिकन मेडिकल एसोशियसनद्वारा मासिक रुपमा प्रकाशित हुने मेडिकल जर्नल जामा नेटवर्क ओपनमा प्रकाशित भएको छ । चिनियाँ वैज्ञानिकहरुले अहिले प्राप्त भएको तथ्यलाई पूर्ण भने मानेका छैनन् । उनिहरुका अनुसार यो निकै थोरै संख्यामा भएको अनुशन्धान हो ।

यौन संसर्गबाट कोरोना सर्ने वा नसर्ने भन्ने बारे यकिन तथ्य पत्ता लगाउन धेरै संख्यामा परीक्षण गर्नुपर्छ । यौन संसर्गबाट कोरोना भाईरस सर्ने बारेमा अहिलेसम्म ठोस प्रमाण हात नपरेको ब्रिटेनको शेफिल्ड युनिभर्सिटीको एण्ड्रोलोजीका प्रोफेसर एलेन पेसीले बताए ।

उनका अनुसार यो विषय अहिले अध्ययनकै क्रममा छ । खासगरि पुरुषको वीर्यमा कोरोना भाईरस सक्रिय हुन सक्छ कि सक्दैन ? र कति समय सक्रिय हुन सक्छ ? भन्ने जस्ता प्रश्नहरुको उत्तर खोज्ने काम भैरहेको उनले बताए । उत्तरी आयरल्याण्डको बेलफास्टस्थित क्वीन्स युनिभर्सिटीको रिप्रोडक्टिभ मेडिसिनकी प्रोफेसर शीना लेविसले पनि अहिलेको अध्ययनलाई सानो रुपको अध्ययन भएको भन्दै यकिन तथ्य हात लाग्न बाँकी रहेको बताएकी छिन ।

पुरुषको वीर्यमा कोरोना भाईरस भेटिनुले संक्रमण फैलन सक्ने विषयलाई सोझै नकार्न नमिल्नेमा पनि प्रोफेसर शीना सहमत देखिएकी छिन । यसअघि मार्चमा चीनको बुहान युनिभर्सिटी मातहतको झानगान अस्पतालमा गरिएको अध्ययनमा कोरोना भाईरसले पुरुषको सेक्स हार्मोनमा प्रतिकुल असर गर्ने, नपुंसक बनाउन पनि सक्ने, अण्डकोषमा खराबी ल्याउने जस्ता तथ्यहरु फेला परेका थिए । झानगान अस्पतालले यस्तो अध्ययन ८१ जना कोरोना संक्रमित विरामीहरुमा गरेको थियो । यो रिपोर्ट medRxiv.org मा प्रकाशित भएको थियो । एजेन्सी 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...