आज ४ बजे संघीय संसदका बजेट अधिवेसन सुरु हुँदै, यस्तो छ कार्यसुची

Sansad bhaban

काठमाडौं । सत्ता पक्षकै विवादका बीच संघीय संसदको बजेट अधिवेशन आज अपह्रान्न ४ बजेबाट सुरु हुँदैछ । कोभिड—१९ को संक्रमण जोखिमका बीच शुक्रबार सुरु हुने संसद्को बजेट (वर्षे) अधिवेशन अघिल्ला बजेट अधिवेशनजस्तो सामान्य अवस्थामा छैन ।

संक्रमण रोकथाम र नियन्त्रणका लागि अपनाइएको लकडाउनले अर्थतन्त्र प्रभावित छ । बजेटको क्षेत्र, निर्धारण गर्नुपर्ने लक्ष्य र प्राथमिकतामा धेरै बदलाव ल्याएको छ ।

यस वर्षको बजेट अधिवेशन कोरोना भाइरस र लकडाउनका कारण ढिलो गरी आह्वान भएको छ । सोही कारण संसद सचिवालयले नीति तथा कार्यक्रम आउनुअघि नै ‘प्रिबजेट’ छलफल गर्ने कार्यसूची बनाएको छ ।

संकटको घडीमा पनि सत्ता र विपक्षीबीचको दूरी बढ्दो छ । सत्तारूढ दल नेकपाभित्रै प्रधानमन्त्री र पार्टीबीचमा गहिरो अविश्वास छ । सरकारका कामकारबाही चुस्त र प्रभावकारी छैनन् ।

तैपनि यो अधिवेसनमा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको (प्रिबजेट) छलफल वैशाख २८ गतेबाट सुरु हुने कार्यतालिका बनाइएको छ । बजेट प्रस्तुत गर्नु १५ दिन अगावै प्रिबजेट छलफल सक्नुपर्ने संसद् नियमावलीमा व्यवस्था अनुसार वैशाख मसान्तभित्र प्रिबजेट छलफल सम्पन्न गरिसक्नुपर्छ ।

जेठ १५ मा संसद्का दुवै सदनमा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्था रहेकाले त्यसका लागि समय कम छ । यसअघि बजेटमाथिको छलफल हुनुअगावै सरकारको नीति तथा कार्यक्रम ल्याउने प्रचलन थियो । तर यसपटक लकडाउनका नीति तथा कार्यक्रम ल्याइएको छैन ।

अधिवेशन सुरु भएसँगै संसद भवनमा भीड लाग्ने भएकाले कोरोना संक्रमणको जोखिमलाई समेत ध्यान दिइएको छ । संसदमा मन्त्री, सांसद, कर्मचारी, सुरक्षाकर्मी र नेताहरूका सहयोगीका साथै सञ्चारकर्मीसमेत एकै ठाउँ भीडभाड हुने हुँदा संक्रमणको जोखिम रहन्छ । यसै कुरालाई ध्यानमा राखी सरकारले सबै सांसदहरुको कोरोना भाइरस परीक्षण गरिरहेको छ ।

बिहीबार २ सय १२ सांसदसहित ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको जनाइएको छ । संसद भवन जाँदा सांसदहरुले कोरोना संक्रमण नभएको रिपोर्ट अनिवार्य लैजानु पर्नेछ ।

यस्तो छ कार्यसुची
आजको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुखले राष्ट्रपतिबाट बजेट अधिवेशन आह्वान गरिएको पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिकामा उल्लेख छ ।

त्यसपछि ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ र ‘पारमाणविक विधेयक, २०७६’ को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने जनाइएको छ ।

आजकै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविध) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ र गृहमन्त्री रामबहादुर थापाले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७’ पेश गर्ने सम्भावित कार्यसूची राखिएको छ । यसअघि यी दुवै अध्यादेश राष्ट्रपतिबाट फिर्ता भएका थिए ।

साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाङफेले ‘ही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७’ पेश गर्ने कार्यसूची समेत रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...