नेपालगन्जमा किट अभाव, शुक्रबार किट नआए पीसीआर परीक्षण रोकिने

Corona ppr test logo

नेपालगन्‍ज । पछिल्लोपटक कोरोना संक्रमणको इपिसेन्टर बनेको बाँकेको नेपालगन्जमा पीसीआर परीक्षणका लागि किट अभाव भएको छ । अहिले संक्रमितको सम्पर्कमा आएका थप व्यक्ति पहिचान गरेर स्वाब संकलन भइरहेको छ ।

भेरी अस्पतालमा बिहीबार साँझसम्म ६० थान मात्रै किट बाँकी छन् । शुक्रबार थप किट उपलब्ध नभए स्वाब संकलन र परीक्षण रोकिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साताअघि किट पठाएको थियो । त्यसयता थप किट उपलब्ध गराउन पत्राचार गरिसकेको अस्पतालले जनाएको छ ।

अस्पतालमा १ सय ६० सेट पीपीई र ५ सय वटा एन–९५ मास्क मात्रै मौज्दात छ । खजुरास्थित कोरोना अस्पतालमा संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी तथा कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा जाने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि पनि आवश्यक भएकाले सुरक्षा सामग्रीको समेत अभाव रहेको भेरीका चिकित्सकले बताएका छन् ।

हालसम्म नेपालगन्ज–८ का २२ र नेपालगन्ज–५ का एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितसित सम्पर्कमा आएका ४८ जनाको चार स्थानबाट स्वाब संकलन गरिएको छ ।

बिहीबार नेपालगन्ज–१२, बीपी चोकबाट ३०, खजुरा गाउँपालिकाबाट १७ र कोरोना अस्पतालको आइसोलेसनमा रहेका एक गरी ४८ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय प्रमुख शाहले बताए । उनका अनुसार बुधबार १ सय ८३ जनाको ट्रेसिङ सकिएको थियो । तीमध्ये १ सय ३६ जनाको स्वाब संकलन गरिएको थियो । अहिले १ सय ८४ जनाको स्वाबको नमुना परीक्षणका क्रममा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...