मलेसियामा ९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि

Corona test kit

काठमाडौं । मलेसियामा ९ जना नेपाली सुरक्षा गार्डमा कोरोना सङ्क्रमण देखिएको छ ।

योसँगै मलेसियामा कोरोना सङ्क्रमित नेपालीको संख्या १९ पुगेको छ । मलेसियामा रहेको नेपाली दूतावासका अनुसार यसअघि ९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो, जसमध्ये तीन जना निको भएका छन् ।

उहाँका अनुसार सङ्क्रमित नेपालीहरु सँगै बस्ने गरेका थिए । सुरक्षा गार्ड मात्र नभएर मलमा काम गर्ने अरु श्रमिकको पनि कोरोना परीक्षण गर्ने तयारी गरिएको छ ।

मलेसियाका स्वास्थ्य निर्देशक दातुक डिआर नुर हिसहम अब्दुल्लाहले मलमा कोरोना सङ्क्रमणबारे अझै अनुसन्धान हुने र सङ्क्रमित श्रमिकको सम्पर्कमा रहेकाको पनि परीक्षण हुने बताए ।

मलेसियाको एक मलमा १० जना सुरक्षा गार्डमा कोरोना सङ्क्रमण देखिएको र जसमध्ये ९ जना नेपाली सुरक्षा गार्ड रहेको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै मलेसियाका स्थानीय सञ्चारमाध्य द स्टारले लेखेका छ ।

 

 

प्रतिकृया दिनुहोस