चिरिच्याट्ट बन्यो संसद भवन, कोरोना परीक्षणका लागि स्वाब संकलन सुरु

Samsad bhawan parliament building

काठमाडौं । बैठक कक्षका हरेक कुर्सीहरुलाई सफा गरेर डिसइन्फेक्टेड गरिएको छ । अधिवेशन सुरु हुनुअघि नयाँ बानेश्‍वरस्थित अन्तराष्ट्रिय सम्‍मेलन केन्द्रलाई सजाइएको छ । बैठक कक्षहरु चिरिच्याट्ट बनाइएका छन् ।

लकडाउनका बीच शुक्रबारबाट सुरु हुन लागेको संसदको बजेट अधिवेशन स्वास्थ्य सुरक्षाका दृष्टिकोणले निकै जोखिमपूर्ण मानिएको छ ।कोरोना भाइरस संक्रमणको जोखिमका कारण सांसदहरुको आसनदेखि स्वास्थ्य परीक्षणका कारण सांसद, कर्मचारी, पत्रकार सबैलाई फरक अनुभव छ । जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरुलाई कोरोना संक्रमण भए–नभएको एकिन गरेर मात्र संसद भवनमा प्रवेश गर्न पाउने छन् ।

सुरक्षित तवरले अधिवेशन सञ्चालन गर्नेदेखि सांसदलाई सुरक्षित रुपमा ओसार पसार गर्ने थप जिम्मेवारी सचिवालयको काँधमा छ। सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट भाषण गर्ने दिन संसदको दुवै सदनका ३ सय ३४ सांसदको संयुक्त बैठक बस्नुपर्छ ।

केही सांसदहरु हाल कोरोना संक्रमित देखिएका क्षेत्रबाट पनि आउने भएकाले अधिवेशनको अघिल्लो दिन पीसीआर टेष्टको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ । संसद भवनमा स्वास्थ्य परीक्षणका लागि किट र उपकरणको व्यवस्था गरिदिन सचिवालयले केहीदिन यता स्वास्थ्य मन्त्रालयममा निकै दौडधुप गर्नु परेको थियो ।

संसद भवन छिर्नेहरुलाई सर्जिकल मास्कको प्रयोग अनिवार्य गरिएको छ । संसद भवन प्रवेश गर्ने वित्तिकै सबैले अनिवार्य रुपमा साबुनपानीले हात धुनुपर्ने हुन्छ भने शरीरको तापक्रम पनि जाँचिने छ ।

संसद सचिवालयका अनुसार एक सय डिग्रीभन्दा बढी तापक्रम देखिएकाहरु बैठक कक्षमा प्रवेश पाउने छैनन् । कोरोना संक्रमणको आशंका भएकालाई संसद भवनमै रहेको आइसोलेसन वार्डमा राखिनेछ र नजिकको अस्पतालमा पठाइनेछ ।

संसद भवनभित्र सांसदहरुले बोल्दासमेत ख्याल गर्नु पर्नेछ । एक जना सांसदले बोलिसकेपछि माइकलाई स्यानिटाइज गरेर मात्रै अर्को सांसदले समात्नुपर्ने हुन्छ । सभाहलका हरेक टेबुलमा स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

संसद सचिवालयले संसद भवन प्रवेश गर्ने बाटोमा साबुन पानीको व्यवस्था गर्दैछ । संसद भवन परिसरमा प्रवेश गर्ने जो कोहीलाई पनि हात धुन र मास्क लगाउन अनिवार्य गरिदैंछ ।

सचिवालयका अनुसार थर्मल गनमार्फत ज्वरो नाप्ने र हात धोइसकेपछि स्यानिटाईजरको व्यवस्था गरिएको छ । संसद बैठक कक्षमा पनि सांसद बस्ने कुर्सी अघि रहने बेञ्चमा स्यानिटाईजर राखिने छ । माईक समाप्दा र माईक छोडेपनि हातमा स्यानिटाईजर गर्न सचिवालयले सांसदसँग आग्रह गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम पेश गर्ने बेला र बजेट भाषणको बेला राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक बस्छ । संयुक्त बैठक बस्दा सांसदहरु बालकोनीमा पनि हुने छन् । अघिल्ला वर्षहरुमा बालकोनीमा कूटनीतिज्ञहरु र अन्य आगन्तुकहरुलाई राखिन्थ्यो ।

बैठक कक्षमा सामाजिक दुरी कायम गरेर बस्ने ब्यवस्था मिलाइएको छ । प्रधानमन्त्रीलाई अलग्गै राखिने छ । हालै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै उनको आसन नजिकका कुर्सी खाली राख्ने व्यवस्था मिलाइएको हो । सरकारको बेन्चको पहिलो र दोस्रो लाइन खालि हुनेछन् ।

संघीय संसदको वर्षे अधिवेशन सुरु हुनुुअघि सांसदहरूको पीसीआर विधिबाट नमुना संकलन सुरु भएको छ । पहिलो स्वाब भने सभामुख अग्नीप्रसाद सापकोटा लिइएको छ । आज दुवै सदनका सांसदहरूको नमुना संकलन गरिने सचिवालयले जनाएको छ ।

पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने निर्णयअनुसार आज स्वास्थ्यकर्मीहरू संसद भवन पुगेका छन् । सांसदहरूको नमुना परीक्षण हुने भए पनि पछिल्ला दिन सर्वसाधारणको नमुना संकलन भने निकै सुस्त बनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...