प्रहरी कार्यालयभित्रै ‘स्ट्यान्डवाइ ड्युटी’ गरिरहेका प्रहरी हवल्दारको मृत्यु

Death logo

सप्तरी । सप्तरीमा ड्युटी गरिरहेकै अवस्थामा एक प्रहरीको एक्कासी मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयभित्रै ‘स्ट्यान्डवाइ ड्युटी’ गरिरहेको बखत बिहीबार बिहान ३७ वर्षीय प्रहरी हवल्दार रामबहादुर मगरको एक्कासी मृत्यु भएको हो ।

मृतक प्रहरी हबल्दार उदयपुर जिल्ला निवासी हुन् । उनको मृत्युबारे तत्काल केही भन्न नसकिने र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीको भनाइ छ ।

यसअघि भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका –९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको सोमबार मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हवल्दार मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस