अरुसँग लुडो हार्दा श्रीमतिलाई यसरी पिटे श्रीमानले

Hinsa logo

नयाँदिल्ली । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबीच एक अचम्मको खवर समेत सार्वजनिक भएको छ । टाइम्स अफ इण्डियाका अनुसार पतिले कुटपिट गर्दा महिला अस्पताल भर्ना भएकी छन् ।

२४ वर्षीया महिलालाई उनका पतिले अनलाइन लुँडोको खेलमा पराजित गरेको भन्दै निर्मतापूर्वक कुटपिट गरेपछि ढाडमा गम्भीर चोट आएका कारण अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ ।

वडोदरा निवासी एउटी महिलाले आफ्नो पतिलाई लकडाउनको बेला लुडो खेल्दा पतिलाई हराएकी थिइन । पहिलो राउन्डमा खेल हारेको ति पुरुषले लगातार खेलमा हारेपछि आफ्नी श्रीमतीसँग झगडा गरे र उनलाई यति निर्दयी भएर कुटे जसकारण उनकी पत्नीको ढाडको हड्डीबीच अन्तर देखा पर्‍यो ।

महिलालाई एउटा अर्थोपेडिक सर्जन र पोस्ट उपचारका लागि लगियो, त्यसपछि उनले आफ्नो श्रीमानसँग फिर्ता जानुको सट्टा आफ्ना आमाबाबुसँगै बस्ने निर्णय गरेकी हुन् ।

पछि उनले आफ्नी पत्नीसँग माफी मागे र उनकी पत्नी पनि उनिसँग फर्कने कुरामा सहमत भएको समाचारमा उल्लेख छ ।
ति महिला आम्दानीको लागि बच्चाहरुलाई ट्युसन पढाउदै आएकी थिइन भने उनको पति एउटा निजी इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्दे आएका थिए । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...