इटहरीमा ‘कलगर्ल’सेटिङको बिगबिगी, जबरजस्ती यौनधन्दा, चेक गर्दा स्कुले छात्रा

इटहरीमा ‘कलगर्ल’सेटिङको बिगबिगी, जबरजस्ती यौनधन्दा, चेक गर्दा स्कुले छात्रा

इटहरी । इटहरीमा  ‘कलगर्ल’सेटिङको बिगबिगी बढेको छ ।  प्रहरीले इटहरीमा रहेका होटल एण्ड लजले जबरजस्ती यौनधन्दा गराएको पाइएको छ । इलाम घर भएकी २५ वर्षीया किशोरीलाई होटलमा जबरजस्ती यौनधन्दा गराएको भन्दै पेन्स होटलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । होटलका सञ्चालक इटहरी–५ का नारायण चौधरी र खनारका रोहित चौधरीलाई प्रहरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

होटल सञ्चालकहरूले जबरजस्ती यौनधन्दा गराएपछि उनीहरूलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसार–पसार कसूर अन्तर्गत मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरीको पश्चिमलाइनमा यौनधन्दाको ग्राफ केही बढ्दो देखिएको बताउँछन् इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर जितेश दाहाल । शहरकै बदनाम हुने अवस्था भएपछि अहिले हामी कडाइ गर्न थालेको बताए । ‘अहिले प्रायः दैनिक चेकिङ पनि शुरु गरेका छौं’ –दाहालले भने ।

प्रहरीले इटहरी क्षेत्रमा यौनधन्दा रोक्न सक्रियता देखाए पनि केही सीमित सञ्चालकले अनेक उपाय रचेर बेलाबखत गरेका कार्य पनि बाहिरिँदै गएको प्रहरी बताउँछ । इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर बुद्धि चौंलागाई भन्छन्, ‘कर्लगर्लहरूको समस्या केही महिनायता बढ्दो रहेको छ ।’ उनले जनताको जनगुनासो बढ्दो रहेको बताए । यौनकर्मी र यौनधन्दा गराउनेलाई नछोड्ने उनको भनाइ छ ।

गुनासोकै क्रममा पछिल्लो समय पूर्व–पश्चिम राजमार्गले छोएको इटहरी वडा नं. १६ र १७ मा पर्ने लविपुर चोक हुँदै बालग्रामचोकदेखि पश्चिमतर्फ सडकको दुवैतर्फ रहेका होटलमा यौनधन्दा गराउने गरेको गुनासो गाउँलेले प्रहरीसमक्ष गर्ने गरेका छन् ।

यी दुवै वडामा सञ्चालित होटलबाट प्रहरीले जेठ महिनामा मात्र १२–१३ जोडीलाई पक्राउ गरिसकेको छ । ‘होटलमा चेक गर्दा स्कुले छात्रा नै ब्वाइफ्रेण्डसँग भेटिइन्, कक्षा नौ मा पढ्ने ती छात्रालाई अभिभावकको जिम्मा लगाइसकिएको छ’–इन्स्पेक्टर चौंलागाईंले भने ।

स्थानीयबासीले यौनधन्दा गराउनेहरूले ठाउँकै बदनाम गरेको भन्दै आपत्ति जनाएका छन् । सोही ठाउँमा आइतबार नै पेन्स होटलमा खुलेआम यौनधन्दा गराइरहेको देखेपछि गाउँलेले विरोध गरेका थिए । यसरी यौनधन्दा नगराउनू भन्दै होटलमा पुगेका हीरा गिरीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । 

होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले केही व्यवासायीले गति छोडेको बताए । ‘हामी यस विषयमा गम्भीर छौं, इटहरीको बदनाम गराउन खोजियो, पहिलाको जस्तो यौनधन्दा भएको छैन’ पराजुलीले भने, ‘स्थानीयसँग व्यवसायीको सहकार्य नमिल्दा अहिले समस्या आइरहेको छ ।’ यौनधन्दा गराउनेलाई कारबाही गरिने अध्यक्ष पराजुलीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवा आयोगको अत्यन्त जरुरी सुचना

काठमाडौँ । लोक सेवा आयोगले सुचना जारी गर्दै लिखित परिक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरे...