लकडाउनको सदुपयोग : धमाधम बन्दैछन् राजधानीका सडक, पुरिँदै खाल्डाखुल्डी (फोटो फिचर)

Sadak 3

काठमाडौं । गत चैत ११ गतेदेखि लकडाउन जारी छ । यही लकडाउनको समयमा आवतजावत कम हुने भएकाले सडक मर्मतको काम धमाधम भइरहेको छ ।

कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि गत चैत ११ देखि गरिएको लकडाउनका कारण देशैभरका सडकमा अत्यावश्यक बाहेकका सवारी साधन गुडेका छैनन् । यही बेला काठमाडौंका लगभग सडकको काममा निकै प्रगति भइसकेको छ ।

अरुबेला सवारी चाप अत्याधिक हुने सडकहरु अहिले खाली छन् । यही अवसर पारेर सडक विभागले अहिले रोड मार्किङको, मर्मतको काम धमाधम गरिरहेको छ । यसैले राजधानीका सडकहरु यतिबेला चिटिक्क देखिन थालेका छन् ।

वर्षा हुनासाथ जलमग्न हुने चावहिल क्षेत्रको सडकमा मर्मत कार्य भइरहेको छ । लकडाउनले देश ठप्प हुँदा काठमाडौंका सडकमा धमाधम रंगरोगनको काम भइरहेको छ । सामाजिक दूरीको सिद्धान्तलाई पालना गर्दै सडकदेखि तार भुमिगत गर्ने काम भइरहेका छन् ।

हिजोसम्म गाडी डुब्ने राजधानी उपत्यकाका मूलदेखि भित्री सडकका खाल्डाखुल्डी, सडक मर्मत, बिजुलीका पाइप बिछाउने लगायतका काम धमाधम भइरहेका छन् ।

सबैभन्दा धेरै धुलो भएको र भत्किएको चाबहिल–गौशाला सडकमा खानेपानीका पाइप मर्मत र सडक मर्मतको काम भइरहेको छ । लकडाउन खुलेपछि बढीमा तीन सातामा चाबहिल–गौशाला सडक पिच हुनेछ ।

घमाइलो मौसम, सडक खाली र थोरै कामदारले पुग्ने भएकाले सडक रंगरोगनको काम पनि भइरहेको छ । सधै धुवाधुलो, अलिकति पानी परेपछि समस्या भोगेका सर्वसाधारणहरु भने लकडाउनको समयमा स्वच्छ हावा, हावाको स्तर राम्रो भएको खुसी व्यक्त गर्छन् ।

सबै भन्दा त सकड मर्मतको काम भएकोले हर्षित भएका छन् । बाटोले दिम्क भएका सर्वसाधारण अहिलेको सडकमा सुधार देखेर खुसी छन् । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । सुरक्षा मापदण्ड अपनाएर गर्न सकिने कामहरु अघि बढाउन विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच समन्वय गरि काम भएको उनको भनाई छ ।

लकडाउनका बेला सडक मर्मतमा सहज र उपयुक्त भएकोले कामदारको सुरक्षामा पर्याप्त ध्यान दिई काम भइरहेको सडक विभागले जनाएको छ ।

तस्विरहरु : सुरज गौतम/निशान न्युज

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...