जेठ ५ गतेसम्म पुनः थपियो लकडाउन

Cabinet miting

काठमाडौं । फेरि लकडाउन थपिएको छ । सरकारले जारी लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

पछिल्लो समयमा कोरोना भाइरसका संक्रमतिको संख्या थपिदै गएपछि सरकारले यसको नियन्त्रणका लागि थप जेठ ५ गतेसम्म लकडाउनलाई लम्ब्याउने निर्णय गरेको हो ।

मंगलबार मात्रै कोनो नियन्त्रणका लागि बनेको उच्च स्तरीय समितिले ७ देखि १० दिनसम्म लकडाउन थप्न सकिने सुझाव दिएको थियो । समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए ।

यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि चैत ११ गतेदेखि निरन्तर लकडाउन गर्दै आएको छ । खुकुलो बनाउने विभिन्न विषयमा छलफल भए पनि अहिलेलाई देशैभर लकडाउन थपिएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ । लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज पनि उठिरहेको छ ।

नेपालमा हालसम्म ८२ जनामा कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ भने तीमध्ये २२ जना निको भएका छन् । चैत ११ मा लकडाउन सुरु हुँदा नेपालमा दुई जना मात्र संक्रमित थिए ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश एकमा ३१, प्रदेश २ मा १३, वाग्मतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...