आज ११ बजे मन्त्रिपरिषदको बैठक बस्दै, लकडाउन थप्ने निर्णय गर्ने

Cabinet miting

काठमाडौं । पछिल्लोपटक थपिएको लकडाउनको समय सकिनै लाग्दा आज मन्त्रिपरिषदको बैठक बस्दैछ । आज विहान प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने मन्त्रिपरिषदको बैठकले कति समय लम्ब्याउने भन्ने विषयमा निर्णय गर्नेछ ।

लकडाउनको मोडालिटी परिवर्तन गर्दै केही खुकुलो बनाउने तयारीमा पुगेको सरकार पछिल्लो समय नेपालगञ्जमा बढेको संक्रमितको संख्यासँगै लकडाउन पुनः लम्ब्याउने निचोडमा पुगेको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि थप्न सिफारिस गरेको थियो । मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लकडाउन बढाउने भन्ने निर्णय नगरे पनि कम्तीमा एकसाता बढ्न सक्ने संकेत गरिसकेको छ ।

लकडाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बेठकले निकालेको छ । सोही अनुसार आज बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेतको सहभागितामा समन्वय समितिको बैठक बसेका कारण लकडाउन थपिने पक्कापक्की भएको छ ।

अहिलेसम्म सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष बैठकले निकालेको छ । बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सहि रहेको निष्कर्ष बैठकले निकालेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...