लकडाउन जारी रहने निश्चित, भोली बस्ने मन्त्रिपरिषदले निर्णय गर्ने

Corona meeting 13

काठमाडौं । सरकारले गत चैत ११ गतेदेखि जारी लकडाउनलाई निरन्तरता दिने भएको छ ।

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको भन्ने खवरहरु आइरहेका बेला कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उच्च स्तरीय समन्वय समितिले लकडाउनलाई निरन्तता दिने बताएको छ ।

मंगलबार बसेको समतिको बैठकले पछिल्लोपटक थपिएको लकडाउनलाई पुनः निरन्तरताका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । यद्यपि कति दिनका लागि निरन्तरता दिने भन्ने खुलाइएको छैन । अघिल्लो पटक समितिले एक साताका लागि लकडाउन थप्न सिफारिस गरे पनि मन्त्रिपरिषदको बैठकले १० दिन लकडाउन थप गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा अहिले जारी लकडाउनलाई लम्ब्याउने वा जोखिमअनुसार क्षेत्रगत लकडाउन गर्ने विकल्पमा छलफल भएको छ । तर अहिले नै क्षेत्रगत लकडाउनमा जाने बेला भयो र भन्ने प्रश्न छलफलमा उठेकाले लकडाउनलाई निरन्तरता दिने निर्ण भइको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा लकडाउन विभिन्‍न स्थानमा खुकुलो बनाउँदै लैजानुपर्ने सुझाव आएको थियो । बैठकमा चार वटै सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य मन्त्रालयलका अधिकारी उपस्थित थिए । उनीहरुले राजधानीमा पनि लकडाउन खुकुलो पार्नुपर्ने धारणा राखेका थिए ।

निजी तथा सार्वजनिक यातायात, शैक्षिक संस्था, बजार, सिनेमा हल र होटलररेस्टुरेन्ट केही समय बन्द नै राख्नुपर्ने सुझाव पनि आएको थियो । उक्त समितिको मंगलबार बस्ने बैठकले सरकारलाई सिफारिस गर्ने बताइएको छ ।

कोरोनाको जोखिम कम भएका केही पहाडी क्षेत्रहरुमा लकडाउन हटाउनुपर्छ भन्नेबारे संसदीय समितिबाट सुझावहरु आएको थियो । तर बाँकेको नेपालगञ्जमा अप्रत्यासित रुपमा कोरोको संक्रमितको संख्या थपिएपछि समिति लकडाउनलाई निरन्तता दिने पक्षमा पुगेको थियो ।

प्रतिकृया दिनुहोस