विप्लवका पोलिटव्यूरो सदस्य अनिल शर्मा पक्राउ

Anil sharma birahi

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य अनिल शर्मा विरही चितवनबाट पक्राउ परेका छन् ।

पछिल्लो समय सरकारसँगको वार्ता प्रक्रियाका लागि क्रियाशील भइरहेका उनलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । विरही विप्लव नेतृत्वको नेकपाका प्रचार विभागका प्रमुख हुन् ।

उनी ‘रमेश रिमाल’को नामबाट स्वास्थ्य परीक्षणका लागि अस्पताल आएका बेला पक्राउ परेका हुन् । उनी चितवन मेडिकल कलेजमा स्वास्थ्य चेकजाँचका लागि आएका थिए ।

विरहीले सरकारसँग वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेसहित सत्तारुढ नेकपाका उच्च तहका नेताहरुसँग पटक पटक संवाद गरेका थिए । विरही त्यही क्रममा काठमाडौं उपत्यका आसपासमा सक्रिय थिए ।

सरकारले विप्लव नेतृत्वको माओवादीलाई प्रतिबन्ध लगाएपछि व्यापक मात्राका विप्लवका कार्यकर्ता पक्राउ परिसकेका छन् । सरकारले विप्लवसहित विरहीलाई पनि खोजीको सूचीमा राखिरहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...