उदयपुरको भुल्केमा नेपाली वेलफेयर सोसाइटीले दियो राहत

Vulke help

काठमाडौं । पछिल्लो समय नेपालका कोरोनाको इपिसेन्टरको रुपमा चिनिएको उदयपुरको भुल्केका २० घर परिवारलाई राहत वितरण गरिएको छ ।

वेलायतमा बस्ने नेपालीहरुको संस्था नेपाली वेलफेयर सोसाइटी युकेको आर्थिक सहयोगमा उदयपुरको भुल्केका २० घर परिवारलाई मंगलबार खाद्यन्न सामाग्री वितरण गरिएको हो । २० घर परिवारलाई एक महिनासम्म पुग्ने ३० केजी चामल, ४ केजी दाल, सेनिटाइजर, साबुन लगायतका सामाग्री वितरण गरिएको राहत वितरण स्थानीय संयोजक स्थानीय झनक घिमिरे विश्वकर्माले बताए ।

राहत वितरण कार्यक्रममा वडाध्यक्ष अवधेश प्रसाद चौधरी, नेकपाका नेता यदु ढकाल, नेपाली कांग्रेसका इश्वरीप्रसाद भट्टराई, राप्रपाका पवित्रा गिरी, प्रहरी हवल्दार प्रमोद कुमार यादव लगायत सहभागी थिए ।

वेलायतमा धनबहादुर सार्कीको नेतृत्वमा उपाध्यक्ष पूर्णबहादुर नेपाली, महासचिवमा शम्सेर नेपाली, कोषाध्यक्षमा थमबहादुर सार्की लगायतले नेपाली वेलफेयर सोसाइटी युके नामक सामाजिक संस्था खोलेका छन् । यसले आपतमा परेका नेपालीलाई विभिन्न सहयोग गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस