कोरोनाको संक्रमणले मानसिक समस्या बढ्दा विज्ञहरुको चिन्ता

Jyak us

न्युयोर्क । विश्वभर कोरोनाको संक्रमणका कारण मानिसहरुमा मानसिक समस्या बढ्ने देखिएको छ । खासगरी जारी लकडाउनका कारण घरमै बसिरहनु पर्ने भएका कारण पनि कतिपय मानिसमा मानसिक समस्या देखा परिसकेको छ ।

पछिल्लो समयका मानसिक समस्याबाट ग्रस्त हुनेहरुको संख्या बढ्न थालेपछि यसका विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरुले बढ्दो मानसिक चिन्ता कम गराउन उसका परिवारसँग घुलमिल गराउन र वास्तविक समस्या शेयर गर्ने वातावरण मिलाउन आग्रह पनि गरेका छन् ।

नेपाल लगायतका देशमा जारी लकडाउनका कारण मानसिक समस्या बढ्नुका साथै आत्म हत्या गर्नेको संख्या बढ्न थालेकोमा विश्वजगतबाटै चिन्ता गरिएको छ । त्यसमा पनि अमेरीकामा बस्ने नेपालीहरु बढी समस्यामा पर्ने मानसिक स्वास्थ्य क्षेत्रमा लामो समयदेखि कार्यरत अन्तर्राष्ट्रिय संस्था क्लव हाउस इन्टरनेशनलका प्रमुख कार्यकारी ज्याक यात्स्को बताउँछन् ।

उनका अनुसार कोरोना भाइरसले मानिसहरुमा दूरगामी असर पार्ने भएकाले पनि मानसिक समस्या आउने भएकाले मासिक स्वास्थ्यको क्षेत्रमा क्रियाशील सबै संघसंस्थालाई सक्रया बनाउनुपर्ने हुन्छ ।

क्लव हाउस इन्टरनेशनलका कार्यकारी निर्देशक ज्याकले कोरोनाको सन्त्रासका कारण रोजगारी गुमेका र रोजगारी नपाउने चिन्ताले थप मानिसक समस्या बढ्ने भएकाले उनीहरुका परिवारलाई राम्ररी बुझाउन सुझाव दिएका छन् ।

क्लव हाउस इन्टरनेशनलले नेपालसहित ३४ देशमा कार्यरत छ । यसले मानसिक समस्याबाट पीडित बनेकाहरुलाई पुनस्र्थापित गर्ने र पीडितहरुलाई आवश्यक सल्लाह दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...