लोकसेवाका परिक्षा स्थगित हुँदा परिक्षार्थी चिन्तित, सहसचिव र उपसचिवको अन्तरवार्ता र सिफारिस बढी प्रभावित

Lok sewa aayog

काठमाडौं । लोकसेवाका सबै परीक्षा कार्यक्रम स्थगित भएपछि परीक्षाका क्रममा रहेका युवा चिन्तित बनेका छन् ।

लोकसेवा आयोग ऐनमा एक चरणको परीक्षा भइसकेको पदपूर्तिको प्रक्रिया रोक्न नमिल्ने प्रावधान छ । लोकसेवाले ६ सय शाखा अधिकृत र ९ सय नायव सुब्बा पदका लागि लिखित परिक्षा लिइसकेको छ, बाँकी प्रक्रिया लकडाउनसँगै स्थगित भएको छ ।

कोभिड–१९ का कारण जटिल स्थिति उत्पन्न भई मुलुक आर्थिक संकटमा परेका बेला सरकारी सेवामा पदपूर्तिको प्रक्रिया स्थगन गरेपछि दरखास्त दिएको पदमा पछि परीक्षा दिन पाइन्छ कि पाइँदैन, एक चरणको परीक्षा पास भएकाले अरू चरणको परीक्षा दिन पाइन्छ कि पाइँदैन भन्ने चिन्ता उनीहरुमा छ ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले भने लकडाउनसँगै कर्मचारी पदपूर्तिका सबै प्रक्रिया स्थगित मात्र गरेको बताए । ‘रद्द गर्न नमिल्ने चरणमा पुगेको पदपूर्तिको प्रक्रिया भने १५ सय पद छन् । उनले विज्ञापन भएका, दरखास्त मात्र लिएका, सरकारी र संगठित संस्थाले माग गरेका पदमा हुने पदपूर्ति प्रक्रिया भने रोक्न मिल्ने कानुनी व्यवस्था रहेको जानकारी दिए ।

निजामती सेवाका अलावा दुवै प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागसहित सबै संगठित संस्थाका स्थायी पदपूर्तिका परीक्षासमेत लोकसेवाले लिन्छ भने सार्वजनिक संस्थान र विकास समितिहरूले स्थायी पदपूर्तिमा लिने प्रक्रियामा लोकसेवाका प्रतिनिधि अनिवार्य सहभागी हुनुपर्ने कानुनी व्यवस्था छ ।

विज्ञापन आह्वानका क्रममा रहेका र माग भइआएका निजामतीसहित सबै संगठित संस्थाको करिब १० हजार पदको पदपूर्तिको प्रक्रिया रोकिनेछ । त्यसमा नेपाल प्रहरीको सबभन्दा बढी छ । नेपाल प्रहरीमा करिब ३६ सय जना नयाँ भर्ना गर्न पदपूर्ति प्रक्रिया सुरु हुन लागेको थियो ।

साविक निजामती सेवामा करिब ७८ हजार दरबन्दी थियो । त्यति दरबन्दीमा हरेक वर्ष ५८ वर्ष पूरा भएर, मृत्यु भएर या राजीनामा दिएर करिब ६ हजार पद रिक्त हुने गथ्र्यो । लोकसेवाले हरेक वर्ष करिब ६ हजार नयाँ पदपूर्तिको सिफारिस गर्ने गरेको थियो ।

साविक निजामती सेवाका कर्मचारीलाई अहिले संघ, प्रदेश र स्थानीय सेवामा समायोजन गरिएको छ । संघमा ५१ हजार, प्रदेशमा २२ हजार २ सय ९७ र स्थानीय तहमा ६६ हजार ९ सय ८ दरबन्दी छ । यसअघि स्थानीय निकायमा भएका कर्मचारीलाई स्थानीय तहमा समायोजन गरिएको छ । तीनै तहमा गरी निजामती प्रशासनमा १ लाख ४० हजार हाराहारी दरबन्दी छ ।

लोकसेवा आयोगको नियमित कार्यतालिका हेर्ने हो भने सहसचिव र उपसचिवको अन्तरवार्ता र सिफारिस प्रभावित भएको छ । थोरै पदका लागि अन्तरवार्ता र सिफारिस पनि लोकसेवाले गर्न सकेको छैन । फागुन र चैतका लागि तोकिएको प्राविधिक खरिदारका पदहरूको पदपूर्ति पनि प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...