विहानै नेपालगञ्जमा थपियो ७ जना संक्रमित, नेपालमा पुग्यो ८२ जना

Corona update

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ७ जनामा कोारोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

आज विहान स्वास्थ्य मन्त्रलायले सार्वजनिक गरेको तथ्यांकअनुसार थप सात जनाको कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

उनीहरु नेपालगञ्ज–८ निवासी २२, ३० र ४० वर्षका पुरष छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिलाहरु छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको निनगरानीमा छन् ।

नेपालगञ्जमा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको थियो । आइतबार मात्रै त्यहाँ १५ जनामा संक्रमण पोजेटिभ पाइएको थियो ।

आइतबार दिउँसो भेटिएकामध्ये ७ वर्षीय बालकमा पनि कोरोना भेटिएको थियो । पहिलो पटक कोरोना संक्रमित व्यक्तिले ट्युसन पढाउने महेन्द्र पार्क नजिकै रहेको नेपालगन्ज उपमहानगरपालिका ८ जोलाहनपूर्वाको इस्लामिया फैजुल इलम मदरसामा अध्ययनरत बच्चामा कोरोेना संक्रमण भएको पुष्टि भएको थियो ।

नेपालगञ्जमा कोरोना संक्रमणको जोखिम रोक्न स्थानीय प्रशासनले आज ११ बजेदेखि तीन दिनसम्म कफ्र्यु घोषणा गरिसकेको छ ।

 

प्रतिकृया दिनुहोस