डा. बाबुराम भट्टराईविरुद्ध साइबर अपराधसम्वन्धी उजुरी दर्ता

Manab adhikar aayog ujuri darta

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईको योजनामा आफूहरुलाई फसाउन खोजिएको आरोपमा राष्ट्रिय मान अधिकार आयोग र सरकारी वकिल कायाृलयमा उजुरी दर्ता गरिएको छ ।

सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले झुटो आरोप लगाएर आफूहरुको मानहानी गरेको भन्दै सत्यतथ्य छानविन गर्न माग गर्दै आयोगको कार्यालयमा उजुरी दर्ता दर्ता गरेका छन् । यसअघि सांसद यादवले अपहरणमा परेको भन्दै आयोगमा उजुरी दिएका थिए ।

निदेवन बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले संविधानले दिएको दायरभित्र रहेर घटनाको अनुसन्धान गरिने बताए । दुवै उजुरीहरू एकै ठाउँमा राखेर अनुसन्धान गरिने उल्लेख गर्दै उनले मानव अधिकार उल्लङ्घन भए/नभएको यकिन गरिने बताए ।

यसअघि आफूलाई अपरहण गरेको भन्दै सांसद डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए । काठमाडौंबाट गएका सांसदहरू बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनालले यादवलाई वैशाख १० गते काठमाडौं ल्याएका थिए ।

नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठसहित पूर्वआइजीपी सर्वेन्द्र खनालले डा. भट्टराई लगायतविरुद्ध साइबर अपराधसम्वन्धी उजुरी दर्ता गराएका हुन् । उनीहरुले डा। भट्टराईसहित हिसिला यमि, आङकाजी शेर्पा र विश्वदीप पाण्डे विरुद्ध उजुरी दर्ता गरेका छन् ।

अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा नेकपा सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा उजुरी दर्ता गरेका थिए ।

सहायक न्यायाधिवक्ता नुमराज खनालका अनुसार जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेर महोत्तरीबाट काठमाडौं ल्याएको आरोपसहित आज दिउँसो उजुरी दर्ता गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...