भारतमा अलपत्र प्युठानी भन्छन्, कोरोनाले भन्दा भोकले मर्न लागियो

India map

प्युठान । रोजगारीका लागि भारतका विभिन्न स्थानमा रहेका प्युठानीहरु लकडाउनका कारण अलपत्र परेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सीमा क्षेत्र बन्द गरेपछि एक हजारभन्दा बढी प्युठानीहरु भारतका विभिन्न स्थानहरुमा अलपत्र परेका छन् ।

भारतको झारखण्ड राज्यअन्तर्गत राँची र राजस्थान क्षेत्रमा काम गर्ने प्युठानको नौ बहिनी गाउँपालिकाका मात्रै ४० जना अलपत्र परेका छन् । राजस्थानमा रहेका प्युठानीहरु पनि समस्यामा परेको एमलाल भण्डारीले जानकारी दिए ।

लकडाउनका कारण नोकरी टुटेपछि आफुहरु महिनामा नेपाली झण्डै ५ हजार भाडा तिरेर कोठामै बसिरहेको नौबहिनी ८ लुप्लुङका चुमान भण्डारी बताउँछन् ।

‘खाने कुरा छैन, पैसा पनि छैन, उपाय पनि छैन’ उनले भने, ‘कोरोना रोगले भन्दा पनि भोकले मर्नुपर्ने अवस्था भयो ।’ खासगरी भारतमा होटेल रेस्टुरेन्ट र चौकीदारको रुपमा काम गर्ने नेपालीहरु झन बढी समस्यामा छन् ।

लामो समयको लकडाउनका कारण भारतका विभिन्न स्थानमा बसने नेपालीहरु भोकभोकै बस्न बाध्य भएको उनीहरुले बताएका छन् । उनीहरुले लकडाउन अबधिभर आफूहरुलाई खानपानको ब्यवस्था मिलाइदिन नेपाल सरकारसँग आग्रह गरिरहेका छन् ।

दिल्लीस्थित नेपाली दुतावाससँग समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्दा पनि वास्ता नगरेको भण्डारीको गुनासो छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...