पहिरो जाँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

Jalbire pahiro

चितवन । गएरातिदेखि परेको अविरत वर्षाका कारण पहिरो जाँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ ।

पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधनहरु राजमार्गमा नै अलपत्र परेका छन् ।

मुग्लिन–नारायणगढ सडकअन्तर्गत पर्ने इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बिहान गएको पहिरोका कारण राजमार्ग दुइतर्फी अवरुद्ध भएको छ ।

निरन्तर वर्षा भइरहेको कारण पहिरो हटाउने कार्य सुरु गर्न नसकिएको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी प्रमुख प्रहरी निरीक्षक कन्चन तामाङले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...