यो हप्ताभर मौसममा सुधार नआउने, मेघगर्जन र हावाहुरीसहित पानी पर्ने

Mausm news

काठमाडौं । एकसातासम्म मौसममा सुधारन नआउने संकेत देखिएको छ । मौसमविदहरुले पनि मौसममा सुधान आउने संकेत नदिएको बताएका छन् । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ ।

अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद्हरुका अनुसार पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भइ देशका विभिन्न ठाउँमा पानी पर्न लागेको हो । यसपालि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले लगातार जसो पानी परिरहेको छ । पोहोर र परार यसरी लगातार जसो पानी नपरे पनि यसपालि बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण पानी परिरहेको हो ।

मौसमविद् गङ्गा नगरकोटीका अनुसार यो हप्ताभरिकै मौसम यस्तै रहने सम्भावना छ । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएको र पश्चिमी वायुसँगै स्थानीय वायुको पनि प्रभाव भएकाले मौसम बदली भइ लगातार जसो पानी परिरहेको उनको भनाइ छ ।

आज दिउँसो देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

आज राती देशका अधिकांश भू–भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी र मध्य भू–भागका केही स्थानहरुमा र पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...