आज एकै दिन नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमणको पुष्टि

Corona test

काठमाडौं । बाँकेको नेपालगञ्जमा आज एकै दिन १५ जनामा कोरोना संक्रमण भेटिएको छ । दिउँसो ९ जनामा संक्रमण भेटिएकोमा साथ थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ ।

दिउँसो भेटिएकामध्ये ७ वर्षीय बालकमा पनि कोरोना भेटिएको थियो । पहिलो पटक कोरोना संक्रमित व्यक्तिले ट्युसन पढाउने महेन्द्र पार्क नजिकै रहेको नेपालगन्ज उपमहानगरपालिका ८ जोलाहनपूर्वाको इस्लामिया फैजुल इलम मदरसामा अध्ययनरत बच्चामा कोरोेना संक्रमण भएको पुष्टि भएको थियो ।

सङ्क्रमितहरुको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य तथ जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको छ ।

मस्जिद र मदरसामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजन पठाउने ६० वर्षको व्यक्तिमा संक्रमणको पुष्टि भएको थियो । उनी वडा नम्बर ७ डीएसपी रोडका बासिन्दा हुन् । तर हरेक दिन वडा नम्बर ८ को महेन्द्रपार्क नजिकको अन्सारी मस्जिदमा आउजाउ गर्ने मौजिन ( मस्जिदमा अजान गर्ने व्यक्ति) थिए ।

साथै मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र जमान पढ्न सिकाउँथे ।

उनको कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य, आफन्त र महेन्द्र पार्कको मुस्लिम बस्तीका ९० जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालस्थित पीसीसआर ल्याबमा परीक्षण गरिएको थियो । त्यसमध्ये ३० वटा नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो ।

आइतबार साँझ नै थप ३० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...