निको भएका २ जना व्यक्तिलाई पुनः संक्रमण ! राखियो आइसोलेसनमा

Birganj jamati

वीरगन्ज । नेपालमा कोरोना संक्रमण भएपछि १६ जना अस्पतालबाट डिस्चार्ज भएका थिए । तर तिनै १६ जनामध्ये २ जना पुनः नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

वैशाख १४ गते डिस्चार्ज गरी घर पठाइएका ४ जनामध्ये रौतहटको इशानाथ नगरपालिका ८ का १९ वर्षीय किशोरलाई शनिबार राती र भारत उत्तर प्रदेशका ४१ वर्षीय जमातीलाई आइतबार दिउँसो नारायणी अस्पतालमा भर्ना गरिएको हो ।

रौहतहटका अन्सारीलाई उनको घरबाटै र भारत उत्तर प्रदेशका जमातीलाई भने वीरगन्ज २ छपकैयाको यतिमखाना नजिकैको घरबाट आइतबार दिउँसो अस्पतालमा ल्याइएको हो ।

रौतहटका अन्सारी र एक भारतीय जमातीलाई अस्पतालमा ल्याएर भर्ना गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । अस्पतालबाट डिस्चार्ज गरिएका दुवैको स्वास्थ्यमा केही समस्या देखिएपछि थप अनुसन्धानका लागि अस्पतालमा ल्याइएको र दुवैको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनले बताए ।

अस्पतालबाट बैशाख १४ मा डिस्चार्ज गरिएका तीन भारतीयलाई लकडाउनमा नाका बन्द रहेकाले भारत नपठाइ वीरगन्ज २ छपकैयाको यतिमखाना नजिकैको एक घरमा राखिएको थियो । रौतहटका अन्सारीलाई वैशाख १ मा कोरोना संक्रमण पुष्टि भएपछि वैशाख २ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

शनिबार राती फेरि घरबाट नारायणी अस्पतालमा ल्याएर राखिएका रौतहटका बच्चा अन्सारीले चिकित्सकले निको भएर घर पठाएको एक हप्ता नबित्दै आफूलाई फेरि अस्पतालमा ल्याएर राखिएकाले मानसिक तनावमा परेको बताए ।

अन्सारीका अनुसार वैशाख १४ गते निको भएर घर गएको तीन दिनपछि गत बुधबार पनि नारायणी अस्पतालबाट उनको घरमा गएका ३ जना स्वास्थ्यकर्मीले नमुना संकलन गरी फर्किएका थिए ।

तीन भारतीय जमातिलाई भने चैत ३० गते वीरगन्ज २ छपकैयाको मस्जिदबाट अस्पतालमा ल्याइएको थियो । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्सारी र तीन भारतीय जमाती गरी ४ जनाको तेश्रो, चौथो र पाँचौ (वैशाख ४ , ८ र १२ गते) पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ पठाएपछि अस्पतालले चारैजनालाई वैशाख १४ गते डिस्चार्ज गरी पठाएको थियो ।

तर, शंका लागेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै फेरी क्रस चेक गर्दा ती चारमध्ये २ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । त्यसपछि अस्पतालका स्वास्थ्यकर्मीले गत बुधबार अन्सारीको घरमै पुगेर उनको स्वाब संकलन गरी काठमाडौं पठाएका थिए ।

भारत उत्तर प्रदेशका जमातीको स्वाब भने बैशाख १८ गते फेरि काठमाडौं पठाइएको थियो । अस्पताल श्रोतका अनुसार , पुनस् परीक्षणका लागि काठमाडौं पठाइएको स्वाबको रिपोर्ट पनि पोजेटिभ आएपछि अन्सारी र एक भारतीय जमातिलाई फेरि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...